Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राहत र उद्दारमा कुनै कसर बाँकी नराख्न निर्देशन

काठमाडौँ । कोरोना आतंककै बीचमा अर्को प्राकृतिक विपत्ति शुरु भएको छ । वर्षा यामसँगै बाढी पहिरोको चपेटामा मुलुक परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद पीडितको उद्धार, राहत र जनधनको रक्षाका लागि कुनै कसर बाँकी नराख्न मातहतका निकायलाई निर्देशन दिएका छन् । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण जनधनको क्षति कम गर्न तथा तत्काल उद्धार तथा राहतको व्यवस्थापन गर्नका लागि प्रभावकारी रुपमा काम गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका हुन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रधानमन्त्री ओलीले जनधनको रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले देशभर बाढी–पहिरो तथा अब आउन सक्ने महामारी तथा सर्पजन्य समस्यासँग जुध्नका लागि सम्बन्धित मन्त्रालय तथा निकायहरुको तयारीबारे जानकारी लिएका हुन् ।