Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राहत लिएर कालिकोट लागे पल

नायक पल शाहले चलचित्र र म्यूजिक भिडियो करिअरसँगै सामाजिक सेवामा पनि आफूलाई अगाडि बढाइरहेका छन् । लकडाउनको समयमा चलचित्र प्राविधिकहरुका लागि ५ लाख बराबरको खाद्यान्न उपलब्ध गराएका पल शाहले विभिन्न समयमा सामाजिक काम गर्दै आएका छन् । लकडाउन खुलेपछि म्यूजिक भिडियोको काममा व्यस्त पल बुधबार भने कालिकोटतर्फ लागेका छन् । कालिकोटमा यसै साता गएको बाढी पहिरोका कारण ठूलो जनधनको नोक्सान भएको खबर सुनेपछि पल खाद्यान्न, लत्ता कपडा बोकेर त्यता लागेका हुन् । पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालको सहकार्यमा कालिकोटका ४० घर परिवारलाई सिरक–डसना, खाद्यान्न सामाग्री वितरण गरिनेछ । पलले कालिकोटबाट आछाममा पनि जाने योजना रहेको बताए । विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपनि आफूहरुले काठमाण्डौबाट नै पास बनाएकाले कुनै समस्या नभएको पलले बताए ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल