Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राहत लिएर म्यानमार गयो नेपाली सेनाको टोली

काठमाडौं । गत शुक्रबार गएको ७।७ म्याग्ननिच्यूडको भूकम्पका कारण ठूलो क्षति व्यहोरेको म्यानमारका लागि स्वास्थ्य राहत लिएर नेपाली सेनाको टोली प्रस्थान गरेको छ । म्यानमारको विनाशकारी भूकम्पपछि नेपाल सरकारको निर्णयअनुसार मेडिकल राहतसहित सेनाको विशेष टोली बुधवार त्यसतर्फ प्रस्थान गरेको हो। सेनाको विमानद्वारा प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय टोली म्यानमारतर्फ पठाइएको हो। उक्त टोलीमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम, र ६ जना क्रु मेम्बर छन्। टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न रहेका छन्। साथै, विभिन्न आवश्यक औषधि पनि छन् । त्यसैगरी जरूरी उपकरणरूसहित गएको सेनाको टोली म्यानमारका भूकम्प पीडितहरूको उपचार सेवामा एक साता खटिने जनाइएको छ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल