Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रिगल ढकालविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

२५ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा कैद मिनाहा पाएका योगराज रिगल ढकालविरुद्धको मुद्दा आज सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्नेछ ।
गैरकानूनी रुपमा कैद मिनाहा गरी रिगललाई रिहा गरिएको भन्दै भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी छन् ।

उनले राष्ट्रपति कार्यालयबाट संविधान दिवसका अवसरमा भएको कैद छुटको निर्णय बदर भई रिगललाई फेरि कैद पठाउनुपर्ने माग गरेकी छन् ।