Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com

रुपन्देही । रुपन्देहीमा एक किशोरको शव नालीमा भेटिएको छ । कञ्चन गाउँपालिका-३ धौलागिरी चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको हत्या भएको हो । ईशान तेक्वान्दोका खेलाडीसमेत थिए ।
प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए । घटनास्थल वरपरको क्षेत्रमा निगरानी बढाइएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको रुपन्देही प्रहरीका सूचना अधिकारी सुरज कार्कीले बताए । दोषीलाई छिटो पक्राउ गर्न स्थानीयले माग गरेका छन् । ईशानको आमा गाउँमै ब्यूटी पार्लर चलाउँछिन् । तर, घटनाको दिन बाहिर थिइन् ।
२ गते साँझ जिम गर्न गएका उनी सँगै त्यहाँबाट निस्केका साथी समातिएको अधिकारीले सुनाए ।
घरको डेढ सय मिटरमै रहेको नालीमा फालिएको थियो शव, टाउकोमा पछाडि पट्टी चोट छ, घटनास्थलमा केही रगत चुहिएको, लतपतिएको केही छैन, त्यसैले बाहिर हत्या गरेर त्यहाँ फालेको अनुमान गर्न सकिन्छ, आफूले मन परेको केटीलाई अरुले हेरेको विषयमा विवाद भएको रे । समूह मिलेर आक्रमण गरेको हुनसक्छ
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल