Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रेलवेको ५४ वटै ठेक्का रद्द

काठमाडौं । नेपालीमा एउटा उखान छ नानी पाउने कहिले कहिले भोटो सिउने हतार । यस्तै हतारो गर्दा सरकार आफ्नो निर्णयबाट पछि हट्नु परेको छ । पूर्व पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माणको ठेक्का तोडिएको छ । रेल विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै असार १३ र १७ गते आह्वान गरिएको ठेक्काको सबै प्रक्रिया तोडेको जनाएको हो । विभागले ठेक्काको क्लज नम्बर ३७.१ को सेक्सन १ बमोजिम ठेक्का प्रक्रिया रद्द गरेको जनाएको छ । रेलमार्ग निर्माण परियोजनाका लागि निर्माण स्थलको धरातल तय नभइ सार्वजनिक खरिद ऐन तथा खरिद नियमावली विपरीत खुला प्रतिष्पर्धा नगराइ केही निश्चित ठेकेदार कम्पनीलाई पोस्ने गरी ठेक्का दिन लागिएको भन्दै आलोचना भएको थियो । त्यस्तै, रेलमार्गमा पर्ने बजार क्षेत्रको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपयोग गरेको जग्गाको मुअब्जा वितरण समेत नगरी निर्माणको ठेक्का लगाउनु गलत भएको भन्दै चर्को विरोध भएको थियो । राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रूपैयाँ हचुवाका भरमा खर्च गर्न अनुचित भएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आरोप लगाएको थियो ।