Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रोकिँदैछ आधिकारिक ट्रेड युनियनको निर्वाचन

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन स्थगित हुने भएको छ । यही असोज २४ गते हुने भनिएको निर्वाचनको सम्पूर्ण तयारी पुरा भई निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भइसकेको अवस्थामा अन्तिम चरणमा आएर स्थगन गर्ने तयारी भइरहेको बताइएको छ । अध्यक्षद्वयबीचको छलफलपछि प्रधानमन्त्रीबाट मुख्यसचिव लोक दर्शन रेग्मी हुँदै श्रम मन्त्रालयमार्फत विभागलाई दिएको निर्देशानुसार रोक्ने तयारी भइरहेको छ । अर्को मिति तोक्ने कि अनिश्चित कालका लागि स्थगित गर्ने भन्ने निर्णय भइसकेको छैन । ती स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र मुख्य सल्लाहकार विष्णु रिमालबिच आधिकारिक ट्रेड युनियनको निर्वाचनबारे छलफल भएको थियो । लगत्तै मुख्यसचिव लोक दर्शन रेग्मीलाई आवश्यक निर्देशन भएको थियो । रेग्मीले श्रम तथा रोजगार मन्त्रालयलाई प्रमुख निर्वाचन अधिकृतको कार्यालयमार्फत अहिलेसम्म भए गरेका कामकारबाहीको प्रगति माग गरेको थियो । सोही अनुसार मन्त्रालयले विभागमार्फत प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट विवरण माग गरेर पठाई सकिएको श्रम उच्च स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार