Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

र्यारप गिरीमाथि हत्याको आरोप

चर्चित र्‍यापर गिरिश खतिवडासहित तीन जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी परेको छ । तीनविरुद्ध मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारीलाई हत्या गरेको आरोपमा जाहेरी परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जनकुमार दाहालका अनुसार उजुरीमा गिरिशले सञ्चालन गरेको जि क्याफे एण्ड बिस्त्रोमा पैसा माग्न गएको बेला उनको हत्या गरिएको उल्लेख छ । ‘कासीदका भाई मासिद अन्सारी दाजुको हत्या गिरिशसहित तीनले गरेको भन्दै कार्यालयमा गत असार ४ गते उजुरी दिन आएका थिए’,डिएसपी दाहालले भने, ‘घटना के कसरी भएको भनेर हामी अनुसन्धानमै छौं । घटनाको प्रकृति र प्राविधिक अनुसन्धान गरिसकेपछि मात्र घटनाबारे थप जानकारी दिनेछौं ।’ उनले गिरिशका बारेमा निगरानी राखिरहेको पनि जानकारी दिए । दाहालका अनुसार उजुरीमा क्याफे सञ्चालक विराटनगर महानगरपालिका ८ मधुमाला निवासी गिरीश खतिवडा, क्याफेमा काम गर्ने जहादा गाउँपालिका ३ का करण राजवंशी र विराटनगर महानगरपालिका १६ बस्ने अनुराग राउतको नाम उल्लेख छ । दाहालले हाल अनुसन्धान जारी रहेकाले किटानी जाहेरी परेका तीनै जनामाथि प्रहरीले निगरानी गरिरहेको जनाए ।


सम्बन्धित समाचार