Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लकडाउनको भविष्य मन्त्रिपरिषद्ले निर्धारण गर्ने

काठमाडौं । कोरोनाको आतंक झन फैलिएपछि जारी लकडाउनको भविष्यबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् वैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने वैठकले लकडाउनबारे थप निर्णय लिने बताइएको छ। अहिले जारी लकडाउन सोमबारदेखि सकिदैंछ। कोरोना भाइरसको संक्रमण बढेकाले लकडाउन थप्ने सरकारको तयारी छ। यसअघि उच्च स्तरीय समन्वय समितिको वैठकमा लकडाउनको मोडालिटिबारे छलफल भएपनि लकडाउन थप्नुको विकल्प नरहेको एक मन्त्रीले बताए।
मन्त्रिपरिषद् वैठक बस्नुभन्दा पहिला साढे २ बजे उच्चस्तरीय समन्वय समितिको वैठक बोलाइएको छ। समितिको सुझावका आधारमा मन्त्रिपरिषदले अन्तिम निर्णय गर्नेछ। साढे २ बजे समन्वय समितिको बैठका सिंहदरबारमा र बालुवाटारमा ५ बजे मन्त्रिपरिषद् वैठक बस्न समय तय भएको छ ।