Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लफडापछि अनमोलको जोडी पूजा

काठमाडौं । गत साउनमा निर्देशक सुदर्शन थापाले अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘रावायण’को निर्माण घोषणा गरे। फिल्ममा काम गर्न अनमोल राजी भएपछि निर्माण टिमले १० लाख पेस्की स्वरुप अनमोलको खातामा पैसा पठाइदिए। फिल्मको काम अगाडि बढिरहेको अवस्थामा अचानक अनमोलले फिल्ममा काम नगर्ने भन्दै हात झिकेपछि यो फिल्म रोकिएको थियो। फिल्ममा खेल्छु भनेर बाहिरिएको भन्दै असन्तुष्टि जनाएका निर्देशक थापाले अन्ततः प्रहरीमा उजुरी नै हालेर अनमोललाई दुई दिन थुनाए। निकै ठूलो लफडामा परेको यो फिल्म अब भने निर्देशक थापाले अभिनेत्री पूजा शर्मालाई लिएर अगाडि बढाएका छन्। विभिन्न लफडामा परेको यो फिल्म आठ महिनाको अन्तरालमा बल्ल फ्लोरमा जाने भएको हो। यही चैतको तेस्रो हप्ताबाट फ्लोरमा निस्किन लागेको फिल्ममा कलाकारसहित सबै टिमको फाइनल भएको निर्देशक थापाले जानकारी दिएका छन्। आइतबार उनले फ्लोरमा जान लागेको जानकारी दिँदै फिल्मको प्रदर्शन मिति समेत तोकेका छन्। फिल्मलाई आगामी भाद्र २१ गते तीजको दिनलाई लक गरिएको निर्देशक थापाले बताए। फिल्म सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा निर्माण हुन लागेको हो। निर्माण टिमले फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायत कलाकारहरूको अभिनय रहने जनाएको छ। साउनमा फिल्मको घोषणा गर्दा यो फिल्ममा अर्का अभिनेता कामेश्वर चौरासियाले पनि अभिनय गर्ने पक्कापक्की थियो। उनी फिल्ममा काम गर्न भनेर त्यो झरीमा तराईबाट काठमाडौं आएका थिए। तर, फिल्म नबनेपछि उनी निर्माण पक्षसँग रुष्ट थिए। त्यसैको कारण होला, अहिले उनको नाम चर्चामा छैन। शिवम् अधिकारीको लेखनमा बन्न लागेको यो फिल्ममा सौरभ लामाको छायांकन, बिक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी रहने छ। त्यस्तै, श्री श्रेष्ठको एक्शन रहने यो फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिसकिएको निर्माण पक्षको भनाई छ।


सम्बन्धित समाचार

आज भैरहवामै व्यस्त छन् प्रचण्ड

२०८२ बैशाख ४

ताजा नेपाल

प्रहरीका ७५ सई वरिष्ठ सईमा बढुवा

२०८२ बैशाख ४

ताजा नेपाल

मकवानपुरमा बस दुर्घटना, चालक पक्राउ

२०८२ बैशाख ४

ताजा नेपाल