Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ललिता निवास प्रकरण के हो म सार्वजनिक गर्छु

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा दश लाख धरौटीमा रिहा भएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले विशेष अदालतको आदेशको पूर्ण पालना गर्ने बताए । उनले आफू न्यायालयमा विश्वास गर्ने व्यक्ति भएकोले सोहीअनुसार अघि बढ्ने बताएका हुन् । उनले भने, तपाई मिडियाकर्मीहरुसँग झण्डै डेढ वर्षपछि आज उभिनुपरेको छ, बोल्नुपरेको छ । त्यसकारण सबैभन्दा पहिले त तपाईहरु सबैलाई धन्यवाद छ । सञ्चारमाध्यमका सबै साथीहरुलाई धन्यवाद छ । अहिले म विशेष अदालतमा उपस्थित् हुन आएको हो । विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको सर्वविदितै छ । मैले त्यहाँ केही भन्नु परेन । मैले यसबारेमा केही भन्नुपरेन । म भन्छु यो तथाकथित जग्गा प्रकरण हो । अख्तियारको त्यो अभियोगपत्र, ममाथिको अभियोगपत्र दूराग्रह, पूर्वाग्रह, पूर्ण रुपले प्रतिशोधपूर्ण अभियोगपत्र हो । विशेष अदालतमा मुद्दा दर्ता गरेको हुनाले, म न्यायमाथि विश्वास गर्ने मान्छे हुँ । रुल अफ लको लागि म लडेको मान्छे । विशेष अदालतले जे निर्णइ आज गरेको छ । त्यसलाई म सम्मान व्यक्त गर्न चाहन्छु । र, यो भन्दा बढि म केही पनि राख्न चाहँदिन् । धेरै उतारचढावबाट म धेरै दिनपछि तपाईहरुको बीचमा उभिएको छु । म छिट्टै मिडियाका साथीहरुलाई बोलाएर म आफ्नो धारणा सार्वजनिक गर्छु ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल