Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागुऔषध सहित नियन्त्रणमा

काठमाण्डौ । महानगरीय प्रहरी प्रभाग ईमाडोल खटिएको प्रहरी टोलीले यही फाल्गुन २८ गते दिउँसो ललितपुर महालक्ष्मी नगरपालिका ४ ओचुबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे सिमथली घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष २० कोसागर लामा, काठमाण्डौ बौद्ध घर भई ललितपुर ईमाडोल बस्ने बर्ष ३० को शेखर लामा र ललितपुर ईमाडोल घर भई बस्ने बर्ष ३१ को इच्छा राम राउत छन् । सुचनाको आधारमा खटिएको प्रहरी टोलीले निजहरूबाट नाईट्रोजन ६० पिस, ट्रमा ३८० पिस, स्पासपेन १० पिस सहित निजहरूलाई नियन्त्रणमा लिईएको छ । साथै महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले यही फाल्गुन २८ गते दिउँसो लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका(४ मा जग्गा भाडामा लिई टिनको टहरो मनाई बसेका जिल्ला दोलखा मैलुङ गाउँपालिका(३ घर भई बुढानिलकण्ठ नगरपालिका(४ मा बस्ने बर्ष ३३ को सुनिल न्यौपानेलाई पक्राउ गरेको छ । सुचनाको आधारमा खटिएको प्रहरी टोलीले निज सुनिल न्यौपानेको साथबाट लागुऔषध ६ किलो ४०० ग्राम गाँजा र अन्य गरी ३५ पिस लागुऔषध बरामद गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।


सम्बन्धित समाचार