Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश पारित गर्न वार्षिक साधारणसभा डाकेको छ । बैंकको २७औं वार्षिक साधारणसभा असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, प्रतिशेयर १०० रुपियाँका दरले ३ अर्ब रुपियाँबराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय भएका छन् । साथै, सभाले गत आवका सबै वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भदौ २७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, भदौ २६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि सहभागी बन्न सक्नेछन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल