Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुटपाट गरी फरार व्यक्तिहरु पक्राउ

रुकुम । पुथाउत्तरगंगा गाँउपालिका९१ बस्ने ३८ बर्षीया जुनकुमारी पुन र उनकी छोरी १५ बर्षीया रश्मी पुनलाई गत जेठ ३२ गते कुटपिट गरी साथमा रहेको धनमाल लुटपाट गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं तारकेश्वर नगरपालिका९२ डेरा गरी बस्ने रुकुम ९पूर्व० पुथाउत्तरगंगा गाँउपालिका९१ मैकोट घर भएका २७ बर्षीय अमर पुन मगर र उदयपुर रौतामाई गाँउपालिका९७ ख्याटुङ घर भएका २० बर्षीय लक्षमण मगर रहेका छन ।
रुकुम ९पूर्व० उक्त गाँउपालिका अन्तर्गत बुकी पाटनबाट घरतर्फ आउँदै गरेका आमाछोरीलाई सेर्खा भन्ने ठाँउम अपरिचित व्यक्तिले कुटपिट गरी घाइते बनाई साथमा रहेको नगद १ लाख ५ हजार रुपैयाँ, आधा तोला सुनको टप, ५ तोलाको चाँदीको बाला र १ थान सिमकार्ड सहितको मोवाइल फोन लुटपाट गरी भागेको घटनाको अनुसन्धान तथा खोजीको क्रममा उनीहरुलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई पीडितबाट लुटिएको मोवाइल, मोवाइलमा प्रयोग गरेका सिमकार्ड ४ थान, सुनको टप, घटनाको समयमा लगाएका शंकित लुगा समेत प्रहरीले वरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व० ले जनाएको छ ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल