Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुट्ने र लुटाउनेकै लावा लस्कर

काठमाडौं । समृद्धि र विकासको गफ सबैले गर्छन् । तर मन्त्रि पद पाउँदा काँग्रेसका ज्ञानेन्द्र कार्की, मोहन बस्नेत, एमालेका गोकुल बास्कोटा माओवादीकी रेखा शर्मासम्मले सञ्चार मन्त्रालय मार्फत् हुने ठूला लगानी र करका कुरामा राजश्व गुटमुट्याएका समाचार आएकै छन् । प्रधानमन्त्रीको चाहनाले विनोद चौधरीको स्मार्ट फोनलाई एनसेलमा गाभेर २७ अर्ब राजश्व डुबाउने काम हुँदा विभागीय मन्त्री शर्मालाई चोखो भन्न मिलेन । उनका श्रीमान कृष्णध्वज खड्का लुम्बिनी प्रदेशको तालुकदार छन् । अघिल्लो पटक मन्त्री हुँदा खड्का आर्थिक रूपमा बदनाम थिए । प्युठाने माओवादीहरू त्यही भन्छन् । जोखबहादुर महरा अर्का बदनाम पात्र हुन् ।
अहिले टेलिकम, सेक्युरिटी प्रेस र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन नाइकेहरू सुनिल पौडेल, विकल पौडेल, प्रदीप पौडेलहरूको पौरखी धन्दाले ठाउँ पायो । यी तिनै जना पौरखीहरूलाई माफिया दिपक भट्टद्वारा सिफारिश भएपछि गोकुलले भर्ती गरेका थिए । आईटी इञ्जिनियरको योग्यता नभए पनि गोलमालमा सरिक हुन सक्ने भएकाले राष्ट्रिय सूचनामा प्रदीप ल्याइएका थिए । तिनै जना अख्तियारको छानविनमा परेका छन् । त्यो बेलाका प्रदीप अधिकारी नागरिक उड्डयन प्राधिकरण र युवराज अधिकारी वायुसेवा निगमलाई अख्तियारले छानविन गरेको भन्दै पैसा असुल्दै गर्ने कम्पनी हो । त्यसले विशेषमा लैजाने मुद्दा २५ प्रतिशतमा दोषी जाकिन्छन् ७५ प्रतिशतलाई विशेषका न्यायाधीशले पैसा खाएर सफाई दिन्छन् । लोकतन्त्रको नाम लुटतन्त्र भएकाले कुनै पनि संस्थाप्रति विश्वास छैन । सञ्चार मन्त्रालयमा सचिव भएर मुख्यसचिवसम्म भएकाहरू पनि प्राविधिक पक्षमा फसेका छन् । मन्त्रीको सहभागिता बिना दूरसञ्चार प्राधिकरणसँग जोडिएको खरिद सम्भव छैन । गेटवे प्रविधि भिœयाउने भन्दै गरिएका नीतिगत निर्णयमा काँग्रेसकै ज्ञानेन्द्र कार्की मोहन बस्नेत फसेका छन् । अख्तियारले यस विषय समयमा छानविन गर्दैन । विनोद चोधरीको स्मार्ट फोनलाई ३३ अर्ब राजश्व नतिर्ने एनसेलमा भिœयाउँदा पनि २० अर्ब राजश्व गुम्दै छ । स्मार्ट र एनसेल मर्च हुँदा पुरानो २७ अर्ब राजश्वबाट रु २० अर्ब हराउने ७ अर्ब बुझाए एनसेलको आयु पनि बढ्ने चौधरी पनि चोखिने योजनामा यस्तो धन्दा गरिएको हो ।
नेपाली राजनीतिमा समानुपातिक संसदको सिटमा आरजु र मञ्जु जस्ता धन्दावाला प्रवेश गराएर काँग्रेसले जसरी संघीयता, लोकतन्त्र समावेशीताको मर्ममा प्रहार ग¥यो त्यो काम एमालेले एकनाथ ढकाल जस्ता होली वाइनलाई बोकेर खिल्ली उडायो । माओवादीमा यस्ता गलत काम धेरै हुन्छन् । अध्यक्ष प्रचण्डको सत्ता र कुर्सी बचाउन राष्ट्रवाद र राष्ट्रिय सहमतिका नाममा हुने धन्दा धेरै छन् । त्यही कारण हिजोको माओवादी आज छैन । लुट चम्काउने जनार्दनदेखि वर्षमान र कृष्णबहादुर महरासम्मको धन्दा जोगाउने कार्यकर्ताको प्रयोग भएको छ । पार्टी अध्यक्ष पनि छोरी ज्वाइँको बन्दोबस्तमा लागेका छन् । प्रचण्ड शासन देशमा अन्तिम भएकोले पनि राज्यले माफियाकरणलाई जोगाएको हो ।


सम्बन्धित समाचार