Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौं । अल्पमतमा परेपछि पनि विभिन्न बहाना बनाउँदै सत्ता लम्बयाउने खेलमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै उनले राजीनामा दिएको नेकपा एमाले लुम्बनी प्रदेशसभाका एक सदस्यले बताएका छन्। मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दोस्रोपल्ट अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्। पोखरेलको राजीनामासँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ।
प्रदेश सभाको बैठक बस्नुअघि नै उनले पदबाट राजीनामा दिएका हुन्। बैठक आजै दिउँसो १ बजे बस्न लागेको थियो। जसपाका तीन सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएसँगै मुख्यमन्त्री पोखरेल धरापमा परेका हुन्। हाल विपक्षी गठबन्धनसँग ४१ सांसद छन्। त्यसबाहेक एकजना सभामुख पनि छन्। मुख्यमन्त्री ९एमाले० सँग भने ३८ जना सांसद मात्र छन्। बहुमतका लागि ४१ जना सांसद आवश्यक पर्छ।