Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुम्बिनी विकास बैंकका संस्थापक गुरुङ्ग र थापाले सेयर बेच्दै

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ ।
बैंकका अनुसार संस्थापक समूहको विल बहादुर गुरुङ्गको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दु कुमार थापाको नाममा रहेको ५३ हजार ८९१ कित्ता गरी कूल २ लाख ६३९ कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकको उक्त सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।


सम्बन्धित समाचार