Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लेखा समितिले माग्यो औषधि खरिदका कागजात

काठमाडौं । सार्वजनिक लेखा समितिले कोरोना भाइरससँग सम्बन्धित औषधी तथा सामग्री खरिदको सबै कागजात एकसाताभित्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले मन्त्रालयलाई पत्राचार गर्दै एकसाताभित्र खरिद प्रक्रियामा संलग्न सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । समिति सचिव डा. रोजनाथ पाण्डेको हस्ताक्षर रहेको पत्रमा विना प्रतिस्पर्धा ओम्नी समूहमार्फत् स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्ध भएको जानकारी पाएको भन्दै खरिद प्रक्रियाका विषयमा चासो देखाएको हो । स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको समाचार सार्वजनिक भएपछि स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया नै रद्ध गरेको थियो ।


सम्बन्धित समाचार