Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लोकगायक दम्पती कोरोना मुक्त

काठमाडौं । लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनामुक्त भएका छन् । गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको दिन कोरोनामुक्त भएको जानकारी फेसबुकबाट नै दिएका छन् । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूतसमेत रहेका महतले फेसबुकमा लेखेका छन्, विश्वभरीका हजारौं हजार इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने विश्व महामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो । कोरोना संक्रमणपछि महत दम्पत्ति आफ्नै घरमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका थिए । महतले सबैको गहिरो माया प्रेम, भगवान पशुपतिनाथ र ईष्टदेवी तनहुँ अवस्थित ढोर बाराहीमाईको कृपाका कारण आफूहरु कोरोनामुक्त भएको उल्लेख गरेका छन् ।