Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लोकसेवामा अध्यक्ष सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपि ओलीले आफ्नै पद धरापमा परेको बेला लोकसेवा आयोगको अध्यक्षमा स संवैधानिक परिषदको बैठक मार्फत पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको बताएका छन् ।

लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो । तर आयोगका सदस्यहरुको छनोट भने गरिएको छैन । प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ । ६ सदस्य संवैधानिक परिषदलाई अध्यादेश ल्याएर ३ जनाको सिफारिसलाई मान्यता दिने कानूनी व्यवस्था गरेपछि यस्ता नियुक्तिहरु थुप्रै भएका छन् ।

हिजोको बैठकमा पनि विपक्षी दलको नेता सभामूख उपसभामुख सहभागी थिएनन् । त्यहाँ प्रधानमन्त्री ओली प्रधान न्यायधिस चोलेन्द्र शम्सेर जवरा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना सहभागी थिए । ६ सदस्य परिषदमा ३ जनाको सिफारिसले लोकसेवाको अध्यक्ष बन्ने भाग्यमानी रेग्मी प्रशासनीक क्षेत्रका कुशल मानिन्छन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल