Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लोक सेवा आयोगले शाखा अधिकृतको रिजल्ट सार्वजनिक नगरेकोले विरोध !

काठमाडौं । अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि लोक सेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । परीक्षार्थीहरुले काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा प्रदर्शन गरेका हुन् । लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो । तर नतिजा प्रकाशन भएको छैन । नतिजाको प्रतीक्षामा रहेकाहरुले ‘परीक्षा लिन सक्ने, नतिजा दिन नसक्ने ? लोक सेवामाथि विश्वास गर्ने दिन सकिएको हो ?बन्द खामभित्रको हाम्रो भविष्य खुला गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

 


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल