Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बैतडी । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उनले नै प्रहरीलाई खबर गरेका थिए । शङ्कास्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।
उनले भने, “दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ”, उनले भने, “जिल्ला ल्याइँदैछ थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्नेछ ।”
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल