Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वरिष्ठ उपाध्यक्षमा पाण्डे, रामकुमारीलाई उपाध्यक्ष

काठमाडौं । चर्चित युवा नेत्री रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीमा उपाध्यक्ष बन्ने लगभग तय भएको छ । पार्टीको जारी महाधिवेशनमा उनीसहितको पदाधिकारी टीम र केन्द्रीय समितिको भोलि घोषणा हुने छ । आज तीन जना प्रमुख नेताहरुको पुरानै पदलाई निरन्तरता दिने घोषणा गरियो । जसअनुसार अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल दोहोरिएका छन् । अन्य पदाधिकारी चयन भएको छैन । पदाधिकारी सर्वसम्मत चयन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ । आज घोषित अध्यक्ष, सम्मानित नेता र महासचिवको तीन सदस्यीय टीमलाई सचिवालय भनिएको हो । सचिवालयले भोलि सबै सूची तयार गरेर भोली बिहान १० बजे घोषणा गर्ने भनिएको छ । यससँगै महाधिवेशन प्रतिनिधले नेतृत्व चयनको अधिकार गुमाएका छन् । आज भएको आन्तरिक सहमति अनुसार झाँक्रीलाई उपाध्यक्ष बनाइने छ । उनी यसअघि सचिव थिइन् । अहिलेका अन्य सचिवहरुले सोही पदमा निरन्तरता पाउने छन् । एकीकृत समाजवादीले २१ जनाको पदाधिकारी टीम र २९९ सदस्यी केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ । पहिलोपटक विधानमा वरिष्ठ उपाध्यक्ष र वरिष्ठ नेताको पद थप गरिएको । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको सम्भावना छ ।


सम्बन्धित समाचार