Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वाम एकताका बाधक को ?

काठमाडौं । पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिक सक्रियतामा आउनै हुन्न । उनीहरूले राज्यकै श्रोतबाट कुम्ल्याउनुपर्छ भन्ने काँग्रेसीहरूलाई एमालेकी विद्या भण्डारी र माओवादीको नन्दकिशोर पुनले चुनौती दिए, देशले मासिक भत्ता, गाडी, सुरक्षा समूह खटाएर पाल्नु पर्ने लुटाहा सिद्धान्त यिनैले लागू गरे, जसले मुलुकमा भ्रष्टाचार चम्काए । एमाले र काँग्रेस मिलेर संसदीय कालमा देश लुटेको सहन नसकेर पूर्व राजा ज्ञानेन्द्रले शासन कब्जा गरेकै हुन् । सेना परिचालन गरेर स्वतन्त्र प्रेसमाथि प्रहार गरेकै हुन् । राजनीतिक मुद्दा हतियारबाट दमन गर्न सकिन्छ भन्ने मान्यता राख्ने केपी ओली, शेरबहादुर देउवा जस्ता भष्मासुरहरूले पूर्व विशिष्टहरूमाथि देखाएको दयाको सर्वत्र विरोध भयो । अरु देशमा राष्ट्रपति र प्रधानमन्त्रीको पदावधि सकिँदा पुरानै पेशामा फर्कने चलन छ । तर नेपालमा पूर्व विशिष्टमा पनि राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन नदिने हुइया पिटाइन् । नेकपा एमालेको साख गिर्दो छ । पार्टीले एकद्वार सिष्टम लागू गर्दा दलाल चरित्र हिनले अध्यक्षको चाकडी गरेर पद प्राप्त गर्ने गर्दछन् । पार्टी ध्वस्त हुँदैछ । वामपन्थी एकता जस्री छ भन्नेहरू विद्या भण्डारीलाई अध्यक्ष पदमा ल्याउन चाहन्छन् । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूमात्र होइनन्, महासचिव र सचिवहरू समेत अध्यक्ष ओलीको पेलाह स्वभावबाट ग्रस्त छन् । ओलीको पकेटका मान्छेहरूलाई कानुन लाग्दैन ।
केन्द्रीय सदस्य र समानुपातिक सांसदहरूको ताल देखियो । दुर्गा प्रसाई, कमल ओली जबजका प्रशिक्षक, क्रिश्चियन धर्मको नाउमा ठग्ने एकनाथ ढकाल हिन्दूत्वको घोर विरोधी भएको छर्लङ्ग छ । पैसा लिएर सांसदको टिकट बेच्ने राजनीतिक नियुक्ति दिलाउने काम भएको छ । यस्तो विकृतिबाट अब पार्टी मुक्त गर्नुपर्छ भनेर विद्या भण्डारीलाई अगाडि सारिएको हो । भण्डारी पार्टी अध्यक्ष भएको खण्डमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम एमालेमै फर्कने थिए । माओवादी अध्यक्ष ले समेत चोहको वापमन्थी एकता विद्याकै नेतृत्वमा सम्भव थियो । कम्युनिष्टहरूले अप्रिल २२ अर्थात् वैशाख ९ गते पार्टी स्थापनाको ७६ औं वर्ष मनाए । तर विभाजित टुक्राहरू एक हुने शुत्र ल्याएनन् । पदकै विषयले वामदेवलाई नेकपा एमालेमा फर्कन खोज्दा अध्यक्ष ओलीले दिएनन् । माधवको एकिकृत समाजवादीले रातो कार्पेट विछ्याउँछ, वामदेवका लागि भन्ने थियो । त्यहाँ राजेन्द्र पाण्डे, जगन्नाथ खतिवडाहरू बाधक भए । मुखले एकता भन्ने व्यवहारमा पदको लोभ गर्न सबै लागेका छन् । वामपन्थी एकता आजको आवश्यकता हो । विचारको कुरा प्रमुख हो । सिद्धान्त र नीतिमा भन्दा पद र कुर्सीमा भिड्नेहरू एकता प्रक्रिया चाहँदैनन् । साना टुक्राहरू ठूला नमिल्दासम्म वक्तव्यमा रमाउने हुन् । ठूलाको एकता हुनासाथ तिनको अस्तित्व सकिन्छ । केपी ओली आफैं सधैंको रैथाने बन्ने दाउमा छन् । त्यही कारण एकता प्रक्रियाको कुरा उठ्छ, व्यवहारमा परिणत हुँदैन ।


सम्बन्धित समाचार