Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विदेशबाट नेपाली ल्याउने समय प्राधिकरणले तोक्यो

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने जहाज दिउँसो ३ बजेभित्र काठमाडौं विमानस्थलमा अवतरण भइसक्नुपर्ने निर्णय गरेको छ। प्राधिकरणले विमान राति आउँदा यात्रुको व्यवस्थापनमा कठिन हुने भएकाले समयतालिका निश्चित गरिएको जनाएको हो ।
विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टर तथा क्वारेन्टिनमा लिनुपर्ने र व्यवस्थापनका लागि सजिलो हुने भएकाले ३ बजेभित्रै जहाज काठमाडौं आइपुग्नुपर्ने व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। नेपाल फर्काउने एयरलाइन्सले काठमाडौं आउँदा दिउँसो ३ बजे भित्र अवतरण गर्ने गरी आउनु पर्छ, पोखरेलले भने। हालसम्म १६९ जना सयुक्त अरब इमिरेट्सबाट, २६ जना म्यानमारबाट र ११ जना अष्ट्रेलियाबाट फर्किएका छन्।