Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडोले क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने बताएका छन् । जस्टिन ट्रडोले सोसल मिडिया प्लेटफर्म एक्समार्फत क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाइने घोषणा गरेका हुन् ।
हामी कम्पनीहरूका लागि कडा नियम ल्याउँदै छौँ । अब कम्पनीहरूले सुरुमा क्यानडाका कामदाहरू किन लिन सक्दैनौँ भनेर बताउनुपर्ने हुन्छ, उनले भनेका छन् ।
नयाँ नियमले क्यानडाका नागरिकलाई भने असर नगर्ने प्रधानमन्त्री ट्रुडो भनाइ छ । राम्रो काम पाउन क्यानडाका नागरिकहरूले संघर्ष गर्नुपर्ने अवस्था आउनु उचित होइन, ट्रुडोलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
भारतसँग कूटनीतिक तनाव बढिरहेका बेला क्यानडाले अस्थायी विदेशी कामदार घटाउन लागेको हो । यसबाट भारत, नेपालसहित विदेशी कामदारलाई भारी असर गर्न सक्ने देखिएको छ ।
क्यानडामा विद्यार्थीसहित ठूलो संख्यामा भारतीय बस्छन् । भारतबाट लाखौँ विद्यार्थी अध्ययनका लागि क्यानडा जान्छन् ।
भारतको विदेश मन्त्रालयको डिसेम्बर २०२३ को दस्तावेज अनुसार, दुई लाख ३० हजार भारतीय विद्यार्थी क्यानडामा अध्ययनरत छन् । यस्तै, भारतीय मूलका १८ लाख क्यानडाका नागरिक हुन् । दश लाख भारतीय क्यानडामा बस्छन् ।
खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीचको सम्बन्धमा निकै खराब स्थितिबाट गुज्रिरहेको छ । गत वर्ष क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडोले निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आरोप लगाएका थिए ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल