Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सरकारले विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ । काठमाडौंमा कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाले आज भोलि र भदौ ८ गते बिहान १० देखि ५ गतेसम्म तोकिएको वडाका खोप केन्द्र तथा अस्पतालबाट खोप लगाउन सुरु भएको जनाएको छ । खोप लगाउन पाइने भएपछि विद्यार्थीहरु प्रवेशपत्र बोकेर खोप केन्द्रमा पुगेका थिए भने खोप लगाउन पाउँदा खुसी देखिन्थे । विद्यार्थी संगठनको मागको आधारमा केहीअघि सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको थियो ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल