Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको बेला दुई कार्यकाल उपराष्ट्रपति भएका नन्दबहादुर पुन ‘पासाङ’ फेरि सक्रिय राजनीतिमा फर्किने तयारीमा छन्। उपराष्ट्रपतिको कार्यालय छोडेको करिब डेढ वर्षपछि माओवादीको बैठकमा सहभागी भएर सक्रिय राजनीतिको सुरुवात गरेका हुन्।
पुन सोमबार प्रचण्डनिवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी ९केन्द्रीय कार्यालय० बैठकमा सहभागी भएका थिए। माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले पदाधिकारी बैठकमा पुन सहभागी भएको भए पनि उनको पदबारे टुंगो लागिसकेको थिएन। तर, माओवादी अध्यक्ष प्रचण्डले भने पुनलाई उपाध्यक्ष बनाउने आश्वासनसहित बैठकमा बोलाएका थिए। सभामुखको कार्यकाल सकिएपछि अग्नि सापकोटा माओवादीको उपाध्यक्ष बनेर राजनीतिमा सक्रिय भएका छन्। उपराष्ट्रपति भइसकेका पुन पनि त्यही वरीयतामा बस्नेगरी तयार भएका हुन्। विसं २०७२ कार्तिक १३ गते उपराष्ट्रपति भएका पुन ७ वर्षपछि २०७९ चैत ६ मा बाहिरिएका थिए। उपराष्ट्रपतिको कार्यकाल पूरा गरेपछि पुन फुर्सदिला बनेका थिए। उनलाई निकटहरूले पार्टीसँग नजिक रहँदै सामाजिक काममा सक्रिय हुन सुझाव दिएका थिए। ६० वर्षमा टेक्न लागेका पुन भने बाँकी जीवन कसरी बिताउने भन्नेमा अलमलमै थिए। करिब डेढ वर्षको समय उनले त्यत्तिकै बिताए। यो बीचमा उनी आफ्नो पुरानो घर रोल्पा गए। सामान्य खालका केही सामाजिक कार्यक्रममा सहभागी हुनेबाहेक उनले आफूलाई खासै सक्रिय बनाएका थिएनन्। अलमलमै बसेका बेला प्रचण्डले उनलाई राजनीतिमा सक्रिय हुन प्रस्ताव राखे। त्यसमा तयार भए पार्टीको उपाध्यक्ष बनाउने आवश्वासन प्रचण्डले दिए। प्रचण्डको उक्त प्रस्तावबारे पुनले परिवार र आफूनिकटहरूसँग छलफल गरेका थिए। आफू निकटहरूसँग पुनले राय मागेका थिए– प्रचण्डले म बैठकमा बोलाउँछु, उपाध्यक्षमा बस्नुहोस् भन्ने कुरा गर्नु छ। के गर्ने होला ? सक्रिय राजनीति गर्न मन नै भए गर्न उनले निकटहरूबाट सुझाव पाए। परिवारबाटै ‘ग्रिन सिग्नल’ पाएपछि उनी खुमलटारमा राखिएको पदाधिकारी बैठकमै सहभागी भए। पुनलाई पार्टीमा ल्याउन प्रचण्डको रुचि देखिन्छ। यसका पछाडि दुई उपमहासचिवहरू वर्षमान पुन र जर्नादन शर्मा रहेको माओवादी केन्द्रका नेताहरू बताउँछन्। गत साउनमा जनार्दनले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्नेसहितका प्रस्ताव अघि सारेका थिए। त्यसमा वर्षमानको पनि सर्मथन थियो। त्यो प्रस्तावपछि आफूलाई पार्टीमा चुनौती ठानेका प्रचण्डले माओवादी छाडेर गएका नक्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतसँग तत्काल एकताको प्रस्ताव गरेका थिए।
२०८१ मंसिर १
ताजा नेपाल
२०८१ कार्तिक ३०
ताजा नेपाल
२०८१ कार्तिक ३०
ताजा नेपाल