Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्या भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको वेबसाइट सार्वजनिक भएको छ । नेकपा एमालेबाट राजनीतिक जीवनमा सक्रिय भएको घोषणा भएको केही दिनपछि भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक गरिएको हो । वेबसाइट को आज औपचारिक रूपमा सार्वजनिक गरिएको छ । उक्त वेबसाइट उनको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा सम्बन्धित अभिलेख एवं दस्तावेजहरूलाई एकै स्थानमा संग्रहित तथा सुव्यवस्थित गर्दै सर्वसाधारणका लागि सहज पहुँचयोग्य बनाउने उद्देश्यले तयार पारिएको बताइएको छ । वेबसाइट यो लिंकबाट हेर्न सकिन्छ । यसबाट भण्डारीले गरेका योगदानहरुलाई स्मरणीय बनाउन प्रयोग गरिने बताइएको छ । प्रेस विज्ञप्तिमार्फत वेबसाइट अवलोकन गरी सुझाव एवं प्रतिक्रियाहरू प्रदान गर्न अनुरोध गरिएको छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल