Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विधानलाई धोती लगाउँदै देउवा समूह

काठमाडौं । आफू सधैं ठालु र मालिक बन्नु पर्ने स्वभावले ग्रस्त पुस्तौली राजनीतिबाट चलेका काँग्रेसीहरूको अब दिन गए । संकट पर्दा बीपी, गणेशमान र कृष्णप्रसादको नाउ लिने पदमा पुग्दा जनतालाई धोका, राष्ट्रलाई शुन्य योगदान गरेका पुस्तौलाी अंश खाने वंशवादीहरू आज छटपटाएका छन् ।
आफू सरकारमा नगए पनि दिपक खड्का, दिपक गिरी, कान्छाराम तामाङ जस्ता फरक व्यवसाय चलाएकाहरूबाट पुष्टिएका डा. शशांक छ करोड खर्चेर चुनवा लडेको बताउँथे । ०८२ सालमा उनले टिकट पाएनन् । गणेशमान पुत्र टिकट पाए भिड्ने पक्षमा थिए । ०७९ मा थोरे मतले उनी राप्रापका रविन्द्र मिश्रसँग विजयी भएका थिए । ओलीको निरंकुश सत्ताकालमा उनी पार्टीको नेतृत्व सरकारमा गरेका थिए । त्यही सरकार जेनजी आन्दोलनले ढालेर ०८२ फागुन २१ मा चुनाव भएको हो ।
सेनाले गराएको चुनावमा विमलेन्द्र निधी, डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल भिडे थन्के । तर तिनले आज सभापति गगन थापालाई अवैध भन्दै अदालत र निर्वाचन आयोगको खिलापमा गएका छन् । नेपो बेबीको फाइदा लिएका प्रकाशमान, विमलेन्द्र, डा. शशांक, सुजाताको वंशीय पद प्राप्तिका दिन सकिए । सुजाता उपसभापति भइन् अरु महामन्त्री पद पाए पनि काम नचल्दा मनोनित महामन्त्रीबाट काम हुन्थे । पार्टीमै प्रभावहिन भएको यो जमातसँग जोडिएर कृष्ण सिटौला र डा. शेखरले निहुँ खोज्नु तुजुकै हो । यिनको रिस गगन थापा आफू आफ्नो संरक्षणमा पार्टी केन्द्रमा पुगेको संसदको टिकट पाएको पार्टी महामन्त्री भएको भन्ने छ । जेनजी आन्दोलले तिनलाई सकिदियो । विधानको ख्याल तिनले गरेनन् । गगनको टिमले विधानले दिएको अधिकार प्रयोग ग¥यो । विशेष महाधिवेशन ग¥यो फागुन २१ को चुनावमा आफ्नो हैसियत देखायो । नेपोबेपी हरू आज पार्टी सकियो । बीपी, गणेशमान, कृष्णप्रसादको सपनामाथि आफ्नै स्वार्थ पूरा गर्दै आएकाहरू पार्टी विधान भन्दा ठूला हुन खोज्दै छन् । तिनैका लागि काँग्रेसका १० लाख क्रियाशील सदस्य अवैध बन्नु पर्ने दिन पनि तीनैले ल्याउँदैछन् ।


सम्बन्धित समाचार