Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको उनले बताए। बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी उनले दिए। सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको तथा यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए।
२०८३ जेष्ठ १२
ताजा नेपाल
२०८३ जेष्ठ १२
ताजा नेपाल
२०८३ जेष्ठ १२
ताजा नेपाल