Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विरोधहुन थालेपछि चेत आयो नेतालाई

नेपालका राजनितीज्ञहरुलाई असुरक्षा महसुस भई लिइएका शसस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा टोली सिमीत मात्रामा प्रयोग गरेको भए आलोचना सहनु पर्ने थिएन । छिमेकी भारतले नेपालको सिमा मिचेको धेरै भयो । सन् १९५० को असमान सन्धि र राष्टघाती माहाकाली सन्धिले भारतीय पक्षलाई नेपाली भुमी अतिक्रमण गर्ने बल दिएको हो । चिल्ला गाडी र महलमा बसेर मुलुक लुट्ने बानी परेका नेताहरुलाई सबक सिकाउने शिक्षक बने नेकपाका प्रवतm नारायणकाजी श्रेष्ठ । उनले आफुसंग भएका १३ जना शसस्त्रप्रहरीको टिमबाट पछुवा गाडी सहित सबैलाई फिर्ता गर्न शसस्त्र प्रहरीका अतिरितm महानिरिक्षक नारायण बाबु थापालाई निवासमा बोलाएर सुरक्षा टोली फिर्ता गरे । तर पुर्व उपप्रधान तथा गृहमन्त्री भएका नाताले एआइजी थापाले ३ जना सुरक्षा कर्मी भने उनैलाई छोडेर आए । श्रेष्ठले झै सबै नेताहरुले शसस्त्रको टोली फिर्ता गरिएको खण्डमा सिमा सुरक्षामा आवश्यक पर्ने जनशतिm प्राप्त हुने थियो । थापा शसस्त्र प्रहरीको मानब स्रोत र सिमा सुरक्षा विभाग प्रमुख हुन् । शसस्त्रमा उनलाई सुरक्षा विज्ञकै रुपमा लिने गरिन्छ ।
नेताहरुले सुरक्षाका निमीत्त शसस्त्रलाई नै विश्वास गर्नुको कारण त्यो टोली अत्याधुनिक हतियारद्धारा सुसज्जित हुनु हो । नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली लाई उपलव्धी हिन काममा लगाउने नेताहरु धेरै छन् । कतिले सानका निमीत्त सुरक्षाकर्मीहरु प्रयोग गरेका छन् । सरकारले कडीकडाउ गर्ने र मन्त्रीहरुले पनि अनावश्यक जनशक्ति प्रयोग नगर्ने हो भने सिमा क्षेत्रका २५ पोष्टमा आवश्यक पर्ने जनशतिm प्राप्त हुन्छ । अबका दिनमा पुर्व प्रधानमन्त्रीहरुलाई ५ जना गृह मन्त्रीहरुलाई ३ जना सुरक्षा कर्मी दिने व्यवस्था गरे कसो होला ? नेताहरु प्रतिको आलोचित भावना घटाउनको निमित्त पनि यस्तो निणर्य गर्ने हिक्मत देखाए हुदो हो । अहिलेपुर्व राजाले १०० जना प्रचन्डले ४८ शेरबहादुरले १४ माधबले १३ चन्दले १० खनालले ९ रेग्मीले ९ गौतमले १३ सिटौला र निधिले ११ /११ जर्नादनले १० जना लिएकै छन् भने काग्रेसका नेता विजय गच्छादारले ३ जना लिएपनि हुने अरुनेतालाई यो भिड जरुरी किन पर्यो ? सरकारसंग शसस्त्रले सिमा सुरक्षामा ९हजार दरबन्दी माग गरेको धेरै भयो। फाइल गृहमन्त्री समक्ष छ । सिमामा शसस्त्रको जरुरी छ भने सो दरबन्दी स्विकृत गर्न ढिलाई किन हुन्छ ?