Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवादको गाँठो फुकाउन आज पनि बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) लाई जोड्ने रसायनन बनेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ । सिंहदरबारमा भएको हिजोको बैठकमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल भएपनि ठोष निष्कर्ष निस्किन सकेको थिएन । आजको बैठकमा आन्तरिक समस्याका विषयमा गम्भीर रुपमा छलफल हुने कार्यदल सदस्य भीम रावलले बताए । उनले मंगलबारको बैठकमा सहमतिका लागि अघि सारिएका विभिन्न विकल्पमाथि छलफल भएको र छलफल सकारात्मक बताए । उनले समस्या समाधानका लागि कार्यदलमा उठेका विविध धारणाहरुका विषयमा आजको बैठक केन्द्रित हुने बताए । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली पक्षबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलमा ओली पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् । यसैगरी नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो । यसअघि सोमबार पनि कार्यदलबीच छलफल भएको थियो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल