Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवादबीचमा सीमानामा पुगे प्रधानसेनापछि र सशस्त्रका आईजीपी

काठमाडौँ । सीमा विवाद, सशस्त्र प्रहरीमाथि भएको हमला र त्यसको प्रतिकार तथा नयाँ नक्सा जारी भएपछि नेपाल भारत सम्बन्धमा चिसोपना आएको छ । यही बेला बुधबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल दार्चुला पुगेका छन् । कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न उनीहरु त्यहाँ पुगेका हुन् । कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरी उद्घाटन गरेपछि बैशाख ३१ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० नारायणबाबु थापाले बिओपीको उद्घाटन गरेका थिए । यतिबेला सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्रु सीमा निगरानी चौकी (बिओपी) सञ्चालनमा ल्याइएपछि सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती गर्न थालेका हुन् । उक्त बिओपीमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ प्रहरी खटाइएको छ । नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरेर सशस्त्र प्रहरी, नेपाल प्रहरी र बिओपीका लागि चाहिने सामान छाङरु पु‍र्याएको थियो ।