Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवादित कम्पनीबाट हतियार खरिद गर्दै नेपाली सेना

काठमाडौं । नेपाली सेनाले आठ महिनाअघि रोकिएको सैन्य सामाग्री खरिद गर्न हिमालय बैंकमा प्रतित पत्र एलसी खोलेको छ । सैनिक उच्च स्रोतले दिएको जानकारी अनुसार चीनबाट २६ वटा एपीसी खरिद गर्न गत साता एलसी खोलेको छ। कल्याणकारी कोषबाट सेनाले ३३ मिलियन अमेरिकन डलर करीब ४ अर्ब ४२ करोड रकम बराबरको एपीसी र सैनिक सामग्री खरिद गर्ने निर्णय गरेको थियो। शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नै सैन्य सामाग्री खरिदको निर्णय भएको थियो। तर आठ महिना अघि चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन नोरिन्कोबाट सामान खरिद गर्ने तयारी गरेको थियो। संयुुक्त राष्ट्रसंघले सो कम्पनीका सैन्य सामाग्री शान्ति मिसनका लागि खरिद गर्न रोक लगाएपनि नेपाली सेनाले आठ महिनाअघि खरिद गर्न हिमालयन बैंकमा एलसी खोल्न खोज्दा रोकिएको थियो। तर अहिले सोही बैकले एलसी खोल्न तयार भएपछि सैन्य सामाग्री खरिद गर्ने प्रकृया अघि बढेको हो। सेनाले ४ अर्ब बराबरको सैनिक सामग्रीका लागि ५ वटा एलसी सोमबार खोलेको हो। जसमा २ वटा एलसी राष्ट्र बैंकको स्वीकृतिको चरणमा छ। सेनाले चीनको नोरिन्कोबाट २६ वटा एपीसी र सैनिक सामग्री खरिद गर्न लागेको छ। सेनाले एपीसी र एम्युनिसन प्लान्ट समेत चीनबाट खरिदको तयारीको लागि प्रक्रिया अघि बढाइसकेको स्रोतको दावी छ। सेनाले भारतबाट समेत ४ वटा महेन्द्रा कम्पनीको एपीसीको एलसी खोलिसकेको छ। त्यसका साथै थप १२ वटा एचएमएलटी, ५।५६ को गोली, केस कप्स, वुलेट कप्स, बक्सर प्राइमर (१२०३), डबल बेस प्रोपेलान्ट लगायत भारतीय कम्पनी एमआईएललाई दिएको छ। सन् २०१९ मा केन्यामा भएको एक घटनामा विद्रोही पक्षले हमला गर्दा राष्ट्रसंघीय मिसनमा खटिएका पाँच सैनिकको मृत्यु भएको थियो। चीनको सोही कम्पनीबाट खरिद गरिएको र गुणस्तर कमजोर भएको एपिसीका कारण शान्ति मिसनमा खटिएका सैनिकको मृत्यु भएको दाबी स्रोतको छ। सेनाले यस्तो विवादित कम्पनीबाट प्रतिस्पर्धाबिनै हतियार खरिद गर्न लागेको हो। सैन्य सामग्री खरिद प्रक्रिया जिटुजीअन्तर्गत हुने दाबी सेनाको छ। सामान खरिदका लागि चिनियाँ कम्पनी नोरिन्कोले नेपाली एजेन्टसमेत तयार पारेको स्रोतले जनाएको छ। चीनबाट सामान आउने भएपछि नेपाली प्रतिनिधिका रूपमा राजकुमार नाइडु नामका व्यापारी त्यसको एजेन्ट रहेका छन्। एजेन्ट तय गर्नकै लागि नोरिन्कोको प्रतिनिधिमण्डल दुईपटक काठमाडौं आएर सेनालाई सामान पठाउन राजी भएको थियो।


सम्बन्धित समाचार