Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विविध कार्यक्रमका साथ रक्तदाता दिवस मनाइयो

काठमाडौं । ‘सुरक्षित रगतले बचाउँछ जीवन’, “रक्तदान गरौं र स्वस्थ्य संसार बनाऔं’ भन्ने मूल आह्वानका साथ बिश्व रक्तदाता दिवस (जुन १४) बिबिध कार्यक्रमहरूको आयोजना गरि सम्पन्न भएको छ । यसै सन्दर्भमा नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आफ्ना जिल्ला शाखा तथा स्थानीय समितिहरूबाट बिबिध कारहरूको आयोजना गरि यो दिवसलाई सम्बोधन गरि सम्पन्न भएको छ । स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगरपालिका समितिद्वारा कोरोना भाईरसबाट पूर्ण सजकता अपनाइ सामाजिक दूरी कायम गर्दै बिशेष रक्तदान कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा रक्तदान गर्नु हुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा प्रमाणपत्र बितरण गर्नुभएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगरसमितिका अध्यक्ष राधेश्याम फुँयालको सभापतित्वमा आयोजित उक्त रक्तदान कार्यक्रममा महिला १२ र पुरूष ५३ जनागरि जम्मा ६५ जनाले रक्तदान गर्नु भएको थियो । यसैगरि नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाद्वारा सार्वजनिक चोक बजारमा बिश्व रक्तदाता दिवसलाई तय गरिएको नारा, शुभकामना लेखिएको टुल टाँगेर प्रचारप्रसार गर्ने कार्य सम्पन्न गरेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला अध्यक्ष नीरबहादुर पुनको नेतृत्वमा सो कार्यक्रम सम्पन्न भएको थियोे ।
उता, नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्लाध्यक्ष श्याम गौतमको सभापतित्वमा चरिकोटमा एक बिशेष रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि भिमेश्वर नगरपालिकाका प्रमख भरतबहादुर केसी, बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा र अतिथ नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति गोकर्ण प्रसाद पोखरेल रहनु भएको सो कार्यक्रमको प्रमुख तथा सभापतिबाट संयुक्तरूपमा रक्तदाताहरूलाई प्रमाण–पत्र बितरण गर्नुभएको थियो ।
यसैबीच, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्लाध्क्ष जीतेन्द्रमान शाक्यको सभापतित्वमा बिबिध कार्यक्रमहरूको आयोजना गरि पोखरामा बिश्व रक्तदाता दिवस मनाएको छ । जसनुसार, कोरोनाबाट निधन भएकाहरूको सम्झनामा १ मिनेट मौन धारण गरिए पश्चात् रक्त संकलन थैली प्रदान गरि शुरू भएको रक्तदान तथा सम्मान कार्यक्रमको प्रमुख अतिथिमा दाह्री ग्याङ्गका संयोजक बसन्त पहारी र नेपाल स्वयंसेवी रक्तदाता समाजका पूर्व जिल्लाध्क्ष तिर्थराज अवस्थि र पोखरा रक्त सञ्चार सेवाका प्रमुख अर्जुन ज्ञावालीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो कार्यक्रमको अति रोचक एवं अनुशरणिय पक्ष भनेको नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका सचिव बीरेन्द्र पराजुलीले आफ्नो बुबाको पुण्य तिथि (श्राध्द)को अवसरमा खालिपेटमै कार्यक्रम संचालन गर्नुका साथै रक्तदान समेत गरेर एउटा उदाहरणीय व्यक्ति बन्न सफल हुनुभएको छ । जम्मा ४४ जनाले रक्तदान गर्नुभएको थियो । उता, नेपाल स्वयंसेवी रक्तदाता समाज झापा जिल्ला शाखाद्वारा एक बिशेष भेलाको आयोजना गरियो । जसको मूल लक्ष्य र उद्देश्य भनेको रक्त समूहनुसारको संयोजक चयन गर्नु । भेलाले रक्त समूह ‘ए’ पोजिटिभरनेगेटिभको संयोजकमा स्वयंसेवी रक्तदाता मेघराज थापा, रक्त समूह ‘बी’ पोजेटिभरनगेटिभको संयोजकमा सीताराम खतिवडा, रक्त समूह ‘ओ’ पोजेटिभ र नेगेटिभको संयोजकमा कमला बजगाँई र रक्त समूह ‘एबी’ पोजेटिभ र नेगेटिभको संयोजकमा फणीन्द्र कुमार भट्टराई हुनुभएको छ । यसरी स्वयंसेवी रक्तदाताहरू बीच जिम्मेवारी बाँडफाँड गरि छुट्टै अनुभवका साथ बिश्व रक्तदाता दिवस मनाउने काम भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखाको नियमित तथा बिश्व रक्तदाता दिवस जून १४ को उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरियो । जिल्लाध्यक्ष कृष्ण चौहान क्षेत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महिला र पुरूष गरि जम्मा ६० जनाले रक्तदान गर्नुभएको थियो ।