Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । व्यापारको नाममा स्व. मोहन गोपाल खेतान पुत्र राजेन्द्र खेतानले ४५ लाखमा नेकपा मालेको संविभानसभा सदस्य पद किन्दा विशाल समूहले पनि नेकपा एमालेका नेता किनेकै हो । यो समूह कोराना कालको थर्मल गन प्रकरणको नायक हो । तर त्यही समूहलाई एमलोका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त्यो बेला राष्ट्रपतिले दिलाउने पदक तथा विभूषण दिलाएका हुन् । एमाले कस्तो हो भन्नेकुरा राज्यले जनतालाई खुवाएको आयोडिन नुन डा. मोति दुगडलाई सुम्पन सफल छ । विशाल ग्रुप र दुगड समूह तिनै हुन् जसले विद्युतको महसुल तिर्नु पर्दैन । प्रधानमन्त्रीका भित्रिया मोती दुगडलाई पहिले नै नुनमा ठग्नको लागि छूट दिइएको हो । विशाल गु्रपले गत वर्ष असोज १२ गतेको दिन उपयत्यकामा वर्षाद् हुँदा बालकुमारीको गोदाम डुब्यो, त्यहाँको रु १ अर्ब मूल्य बराबरको सामान कामै लागेन भनेर रु ७७ करोड इन्स्योरेन्स लिएकै हो । किनकि उसको पहुँच प्रधानमन्त्रीदेखि काँग्रेसकी भाउजु डा. आरजु राणासम्म थियो । बाढीले पर्खाल भने भत्काएको थियो । सामान गोदाममा छँदाछँदै बैङ्कसँग विशाल ग्रुपले इन्स्योरेन्स दाबी गरेर त्यही सामानलाई बजार पठाएको हो । राज्य संयन्त्र समेतको मिलेमतोमा यस्ता अपराध हुने गर्छन् । ओदे सरकार त झन् देश कंगाल बनाउने र जनतालाई ऋण थप्न अग्रसर हो । किनकि मारवाडीले बैङ्क खोलेका हुन् । १६ जना मारवाडीमाथि कारबाही हुने हो भने देशको अर्थतन्त्र जोगिन्छ । व्यवसायी दुर्गा प्रसाई उग्र भए । उनले उठाएको विषय सही प्रमाणित हुँदैछ । कतिपय एजेन्डा राम्रै भए पनि उग्रतापूर्ण प्रस्तुतिले सिध्याउँछ । विषयको उठानले व्यक्तिको क्षमता दर्शाउँछ । राजनीतिक दलले यस्ता कुरामा ख्याल गर्नुपर्छ । नेकपा माओवादीलाई उद्योगी, व्यापारीले पुच्छदैनन् । जनयुद्धका बेला जबर्जस्त चन्दा उठाएर धन थुपारेका थुप्रै नेता, कार्यकर्ता आज मुलधारमा छैनन् । पार्टीले शिविरका लडाकूसँग जसरी अशुल्यो, त्यो केबल अध्यक्ष प्रचण्डको सुख सयलको विषय थिएन । मोहन वैद्यदेखि डा. बाबुरामसम्म त्यो बेला सँगै खाए सँगै हिँडे । यिनको चरित्र पनि विशाल ग्रुपको बीमा ठगी जस्तै थियो । आज देशका खर्वपति विनोद चौधरीहरू पनि बैङ्क खोल्ने, बीमा कम्पनी खोलेर जनताको पैसा धुत्न तयार छन् । चौधरीहरूले आफ्नो व्यापार बाहेक अरु नहेरे जस्तै प्रधानमन्त्रीको विश्वासी विशाल ग्रुप र विनोद चौधरीहरूको लुटमा राज्य निरिह हुन्छ । बर्षादको समयमा उद्योगी, व्यापारीको स्वार्थका काममा सरकारले समेत चासो दिन्छ । राज्यका अंगहरूनै कमिशनको जालोमा फस्दा बजेटको सदुपयोग हुँदैन । सरकारले आफ्नो स्वार्थमा कतै घुन पुत्लो लाग्यो भने के गर्छ, कसरी घेराबन्दीमा पार्छ भन्ने कुरा सरकारी ठगी प्रकरणको रु ८३ अर्ब हो । प्रधानमन्त्रीका मान्छे र शेरबहादुरका मान्छेले जति ठगे पनि हुन्छ । किनकि यिनका लागि यो देशमा लोकतन्त्र आएको हो । जनताले ज्वरो आउँदा सिटामोल पाउँदैन तर सरकार भूपू विशिष्टको चिन्ता लिन्छ । यस्तो सरकार जनताको हो कि माफियाहरूको हो ? जनताको सरकारले जनताकै समस्या हेर्छ । तर ओदे सरकार व्यापारी, तस्कर, माफिया पोस्छ भने काँग्रेसका डा. सुनिल शर्मा, चन्द्र भण्डारीहरू संसदमा बोलेर आफ्नो जिल्लाका लागि बजेट खोज्दा पाउँछन् कसरी? किनकि वर्तमान सरकार माफिया र भ्रष्टको हो । त्यही कारण अग्रवाल समूहले गोदाम बाढीले डुबायो भनेर रु १ अर्बको बीमा दाबी गरेर ७७ करोड सित्तैमा खायो । गोदामबाट समान बजार पठायो । यस्तो लुटको अनुसन्धान गर्ने राज्य छैन । किनकि प्रधानमन्त्री यो समूहको संरक्षक भएका छन् ।
उद्योगीहरू सबैको चरित्र राज्य गठीमै केन्द्रीत छ । यिनले मुलुकमा भैपरि आउँदा वास्ता गर्दैनन् । बैङ्क तथा वित्तीय संस्था यिनकै छन् । पछिल्लो पटक धितोपत्र बोर्डमाथि यिनकै प्रहार भयो । प्रधानमन्त्रीको चाहनाको मान्छे बोर्डको अध्यक्ष नबनाएकै कारण त्यो बेलाका अर्थमन्त्री वर्षमान पुन एमाले अध्यक्ष केपी शर्मा ओलीको आक्रमणमा परेका थिए । जब माओवादीका अध्यक्ष प्रचण्डलाई सरकारबाट हटाइयो, त्यसपछि दुगड समूहको योजना स्वीकृत भए अग्रवाल समूहको नयाँयोजना सफल भएका थिए । व्यापारी दुर्गा प्रसाईले देशका १६ वटा बाणिज्य बैङ्कबाट मारवाडी व्यापारीले जनताको पैसामा रजाई गरेकोले ती बैङ्क, राज्यले कब्जामा लिएर तिनको लगानी खोज्ने हो भने देशको पैसा कसरी मारवाडी समुदायले लुटेको छ त्यो देखिन्छ भनेकै हुन् । उनै प्रसाई पनि बैङ्कका ठूला ऋणि हुन् । आफूले ऋणको ब्याज समयमा तिरेको बताउने दुर्गा प्रसाईमाथि प्रधानमन्त्री केपी ओलीको भावी राजनीति जोगाउन जेल बसाईको कारबाहीको कारबाही भएको हो । गणतन्त्रविरुद्ध राजतन्त्र स्थापना गर्ने असम्भव आन्दोलनको नायक बन्न खोज्दा प्रसाई जेल परेका छन् । तर राजावादी राप्रपाका नेताहरू धरौटीमा छुटेका छन् । विशाल गु्रपको ठगीका विरुद्ध संसदहरू नबोल्नुको कारण दान दक्षिणा नै हुन सक्छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल