Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसमा जारी विवाद अन्त्यका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीहरू छलफलमा जुट्दैछन्। पार्टीको १५औं महाधिवेशन चुनावअघि गर्ने कि, तत्कालै विशेष महाधिवेशन गर्ने कि, चुनावपछि नियमित महाधिवेशन गर्ने भन्ने विवाद समाधानका लागि नेताहरू जुट्न लागेका हुन्। कांग्रेसभित्र यो विषय विगत एक महिनादेखि पेचिलो बन्दै आइरहेको छ। १२ बजेपछि हुने छलफलमा नेता रमेश लेखक पनि सहभागी हुनेछन्। एक महिनाभन्दा लामो समयदेखि केन्द्रीय समिति बैठक बसे पनि महाधिवेशनको मिति टुंगो लाग्न सकेको छैन। संस्थापन पक्ष चुनावपछि वैशाखमा मात्र महाधिवेशन गर्न सकिने अडानमा छ। तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतरपक्ष जुनसुकै हालतमा पुस मसान्तभित्रै नियमित या विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ। कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन्। पुस मसान्तभित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन भने पनि गर्नुपर्ने इतर पक्षको अडान रहँदै आएको छ। कांग्रेसले मंसिर ११ गते बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ। उक्त बैठकबाट महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने दबाब छ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल