Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विशेष राहतसहित लकडाउन लम्ब्याउने तयारी

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावितहरुलाई सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । आइतबार बस्ने कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयसमितिको बैठकमा यसबारे छलफलपछि निर्णय लिने तयारी भएको समिति सदस्य तथा पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराइले जानकारी दिए ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक आइतबार दिउँसो १ बजेलाई बोलाइएको छ । बैठकमा विभिन्न उपसमितिमार्फत सरकारले कोरोना संक्रमणविरुद्ध गरेका कामकारवाहीबारे विश्लेषण गर्नुका साथै थप निर्णयहरु लिनेछ ।
उच्च स्रोतका अनुसार बैङ्कको व्याज मिनाहदेखि व्यवसायीहरुलाई कर्जा छुट, मजदुर बर्गलाई जीवन धान्न दिइने राहत तथा कोरोना प्रभावित देशमा रहेका नेपालीहरुलाई स्सवदेश ल्याउने लगायतका विषयमा निर्णय गर्ने तयारी भैरहेको छ । कतिपय निर्णयहरु उच्चस्तरीय समितिको सिफारिसमा मन्त्रिपरिषदबाट अनुमोदन गर्नुपर्ने भएकाले क्याविनेट बैठक अगाडि समन्वय समितिको बैठक बोलाइएको हो । मन्त्रिपरिषद बैठक अपरान्ह चार बजेलाई बोलाइएको छ ।
त्यस्तै उच्चस्तरीय समितिको आजको बैठकले लकडाउन थप एक साता थप्ने विषयमा समेत निर्णय लिने तयारी गरेको छ । नेपालमा हालसम्म कोरोना संक्रमित ५ जना फेलापरेका मध्य १ जनाको उपचार भइ घर फर्किसकेका छन् भने ४ जनाको उपचार जारी छ ।


सम्बन्धित समाचार