Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विश्वकै गरिब राष्ट्रपतिको निधन

एजेन्सी । उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ। उनी सन् २०१० देखि २०१५ सम्म राष्ट्रपति थिए र अत्यन्त साधारण जीवनशैली अपनाउँथे । उनको निधनको कारण खाद्य नलीको क्यान्सर भएको हुनसक्ने बताइएको छ। ३१ वैशाख, काठमाडौं । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । पूर्वगुरिल्ला नेता मुहिका ‘पेपे’ नामले पनि चिनिन्छन् । उनी सन् २०१० देखि सन् २०१५सम्म उरुग्वेको राष्ट्रपति बनेका थिए । तर उनले अत्यन्त साधारण जीवनशैली अपनाउथे । त्यसैले उनलाई ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ पनि भनिन्थ्यो । उनको निधनको कारण खुलिसकेको छैन । यद्यपि उनी खाद्य नलीको क्यान्सरबाट पीडित थिए । उरुग्वेका वर्तमान राष्ट्रपति यामाण्डु ओरसीले पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको जानकारी दिँदै एक्समा लेखेका छन्, तपाईंले हामीलाई जे दिनु भएको छ, त्यसका लागि र जनतामा अगाध प्रेमका लागि धन्यवाद ।


सम्बन्धित समाचार

गुप्तचरभित्र बढ्यो गोप्य भिडन्त

२०८२ जेष्ठ १

ताजा नेपाल

न्यायालय दलीय ढाक्रे बन्ने ?

२०८२ जेष्ठ १

ताजा नेपाल

पौरखी काँग्रेसको छैन चासो

२०८२ जेष्ठ १

ताजा नेपाल