Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विश्वकै ठूलो कम्पनीका मालिक ताइवानको राष्ट्रपति चुनावमा लड्दै

काठमाडौं । विश्वकै ठूलो प्रविधि उत्पादक एवं एप्पलको प्रमुख सप्लायर फक्सकनका संस्थापक अर्बपति टेरी गोउले ताइवानको राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

ताइवानको सम्बन्ध ठिक गर्ने र अर्थतन्त्रलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले स्वतन्त्र रूपमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, मैले २०२४ को राष्ट्रपतीय चुनावमा सामेल हुने निर्णय गरेको छु ।

उनले ताइवान दोस्रो युक्रेन बन्न लागेको भन्दै आफूले त्यसो हुन नदिने बताए । उनले भने, मलाई चार वर्ष दिनुहोस्, म ताइवान स्ट्रेटमा ५० वर्षको शान्ति ल्याउनेछु । ताइवान स्ट्रेटमा पारस्परिक विश्वासको लागि सबैभन्दा गहिरो आधार निर्माण गर्नेछु ,ताइवान युक्रेन बन्नु हुँदैन र म ताइवानलाई अर्को युक्रेन बन्न दिने छैन ।

ताइवानको प्रमुख प्रतिपक्ष पार्टी कुओमिन्ताङ केएमटीका तर्फबाट उमेदवारका रूपमा चयन नभएपछि उनले स्वतन्त्र उमेदवारी घोषणा गरेका हुन् । गोउले स्वतन्त्र उमेदवारका रूपमा योग्य हुन आउँदो नोभेम्बरसम्म दुई लाख ९० हजार हस्ताक्षर संकलन गर्नुपर्नेछ ।

गोउले ताइवानको सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी डीपीपी भ्रष्ट र आक्रामक भएको आरोप लगाए । यसले पछिल्ला सात वर्षमा सम्बन्ध बिगार्दै ताइवानलाई युद्धतर्फ धकेलेको उनको भनाइ छ ।


सम्बन्धित समाचार