Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विश्वभर संक्रमितको संख्या साढे ६ लाख नाघ्दा, मृतक ३० हजार बढी

एजेन्सी । हालसम्म कोरोना भाइरस संक्रमितको संख्या संसारभरी साढे ६ लाख नाघेको छ भने मृतकको संख्या ३० हजार बढी पुगेको छ । कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म संक्रमितको संख्या ६ लाख ६२ हजार ९ सय ६७ पुगेको छ । साथै मृतकको कूल संख्या ३० हजार ८ सय ५० रहेको छ । संक्रमितमध्ये २५ हजार ४ सय १२ को स्थिती नाजुक छ भने ४ लाख ६४ हजार ७ सय ५२ संक्रमितको अवस्था सामान्य छ । यससँगै अहिलेसम्म १ लाख ४१ हजार ९ सय ९३ संक्रमित उपचारपछि डिस्चार्ज भइसकेका छन् ।


सम्बन्धित समाचार