Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री केपि ओलीको अहंकार र दम्ब सहन नसकेर पार्टी नेताहरुले आक्रोश प्रकट गरिरहेको बेला उनका विश्वास पात्र अग्नि खरेलले महान्यायधिवक्ताको पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन् । खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए । झापाको गौरादह निवासी खरेल २०६४ र २०७० को संविधानसभा सदस्य पनि थिए । आज पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन् । महान्यायाधिवक्ताको जिम्मेवारीमा रहनुअघि उनी एमालेको पोलिटब्युरो सदस्य थिए । प्रम ओलीलाई कानूनी सल्लाह दिने हैसियतमा उनी भए पनि प्रधानमन्त्री कार्यलय अन्तरगत रहने गरि आफ्नै गुट निकटका व्यक्तिलाई कानूनी सल्लाहकार राखेपछि खरेल निरास थिए ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल