Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विश्व विजेता फ्रान्स युरोकपबाट बाहिरियो

काठमाडौं । स्टार खेलाडी किलियान एम्बाप्पे पेनाल्टीबाट गोल गर्न चुक्दा फ्रान्स स्वीटजरल्याण्डसँग ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित हुँदै यूरो २०२० को अन्तिम १६ बाट नै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा अन्तिम प्रहार गर्न आएका एम्बाप्पेको प्रहारलाई स्वीटजरल्याण्डका गोलकिपरले बचाउ गरेका थिए । यसअघि, निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो । खेलको १५ औँ मिनेटमा ह्यारिस सेफेरोविचले स्वीटजरल्याण्डलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा विश्व विजेता फ्रान्स खेलमा फर्किएको थियो । करिम बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई गोल तथा पाउल पोग्बाले एक गोल गरेपछि फ्रान्सले खेलमा दुई गोलको अग्रता लिएको थियो । खेल सकिन १० मिनेट बाँकी हुँदासम्म दुई गोलको अग्रता कायम राखेको फ्रान्सविरुद्ध स्वीटजरल्याण्डले पुनरागमन गर्यो । ८१ औँ मिनेटमा सेफेरोविचले एक गोल फर्काए भने अन्तिम मिनेटमा मारियो गाभ्रानोविचले खेल बराबरी गरे । खेल पेनाल्टी सुटआउटमा पुगेछि स्वीटजरल्याण्ड विजयी बन्यो । स्वीटजरल्याण्ड सन् १९५४ को विश्वकपपछि मुख्य प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको यो पहिलो अवसर हो । अब क्वार्टरफाइनलमा स्वीटजरल्याण्ड र स्पेन भिड्ने छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल