Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विहेपछि आलोचकलाई लभ यू

नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयो बिषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रोलको शिकार भैरहेकी छिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा होस् या हालै मात्र पब्जी र टिकटकको बिषयमा बोलेको कुराले नै किन नहोस्, आँचल ट्रोलको शिकार भइन् । हुनत, आँचललाई यस्ता ट्रोलमा आउने प्रतिक्रियाले हैरान बनाउँछन् । तर, यसलाई वेवास्ता गर्दै अगाडि बढ्नु अहिलेको समयमा सेलिब्रिटीका लागि सहज भने छैन । अर्कोतिर, आँचल शर्माको बिषयमा विभिन्न खालका चर्चा गर्न चलचित्र क्षेत्र भित्रकै चलचित्रकर्मी पनि पछाडि छैनन् । यो कुरा आँचललाई पनि राम्रोसँग थाहा छ । तर, यी कुराले आफ्नो मुस्कानमा भने कुनै असर नगर्ने आँचलको तर्क छ । सामाजिक संजालमा उनी लेख्छिन्–‘म हाँसेको देखेर रिसाउनेलाई पनि लभ यू ।’ आँचलले आफ्नो मुस्कान देख्दा रिस उठ्ने मानिससँग पनि आफ्नो कुनै गुनासो नभएको भन्न खोजेको प्रष्ट छ । सेलिब्रिटी भैसकेपछि धेरै नकारात्मक कुरालाई वेवास्ता गर्दै अगाडि बढ्नु मात्र होइन, आफूलाई नकारात्मक भन्नेहरुलाई सकारात्मक नजरले हेर्न पनि आवश्यक छ । सायद, आँचल सोही बाटोमा हिड्न खोजेको उनको स्टाटसबाट वुझ्न सकिन्छ ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल