Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वीरका निर्देशकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

वीर अस्पतालका निर्देशक डा। सन्तोष पौडेललाई हटाउने स्वास्थ्यमन्त्री बस्नेतको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
मन्त्री बस्नेतले उनलाई वीरबाट हटाएर मन्त्रालयमा हाजिर गराउने निर्णय गरेका थिए । मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो । यो आदेशसँगै निर्देशक डा।पौडेल पुनर्वहाली हुने भएका छन् ।