Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
माओवादी हिंसाकालमा माओवादीकै स्थानीय नेता ज्ञामप्रसाद चालिसेको हत्या आरोपित नरेन्द्रजङ पिटर हुन् । यो आरोप कुनै बाहिरी समूहबाट नभएर माओवादी भित्रैबाट लगाइएको थियो । आफुलाई साहित्यकार कांग्रेस समर्थक भन्ने हरि अधिकारी जसले २०५८÷०५९ तिर अमेरिका पठाइदिने भन्दै ठग्दै हिँडेका थिए । काँग्रेसका पुराना नेता ढुण्डिराज शास्त्रीको अनामनगरको तत्कालिन सहिदस्मृति प्रतिस्ठानमा आइरहने अधिकारीले यसरी ठगिधन्दा गरेपछि पीडितलाई लिएर यो पंक्तिकार आन्नपुर्ण पोस्टको कार्यालय पुग्नु परेको थियो । गुप्तचरी धन्दागरेर साहित्यकार र बुद्धिजीवीको नाममा समाजमा भ्रमदिँदै आएका यस प्रकारका कथित बौद्धिक आवरणका गुप्तचरहरू अहिले हामी विरुद्ध बमिट गर्दैछन्् । पुराना साहित्यकार दाहाल यज्ञनिधिसँग कार्यक्रम प्रस्तोता टिकाराम यात्रीसँग एभिन्युजमा यो पंक्तिकारको एउटा अन्तरक्रिया बहस भएको थियो ।
बीपी पक्षधर र घोर राजा महेन्द्र विरोधी दाहाल यज्ञनिधि पञ्चायतकालमा रेडियो नेपालमा जागिरे हुनुहुन्थ्यो । यस्तो राजतन्त्र विरोधी मान्छे राजाको प्रत्यक्ष निगरानीको शासन रहेको पञ्चायती व्यवस्थामा रेडियो नेपाल जस्तो सरकारी समाचार संस्थामा कसरी जागिर खान पुगे ? अनौपचारिक कुराकानीमा मैले यो प्रश्न राख्दा उहाँ अकमकिनु भयो । सहज रूपमा बुझ्न सकिन्छ यस प्रकारका उग्र राजतन्त्र विरोधीहरू गुप्तचर र कुनै मिशनमा सामेल नभइकन पञ्चायतकालमा रेडियो नेपालमा जागिर खान सम्भव थिएन । यो सामान्य राजनीतिक चेतना भएका व्यक्तिले पनि बुझ्ने कुरा हो । यसको अर्थ उनलाई अर्थात् दाहाल यज्ञनिधिलाई घोर महेन्द्र विरोधी मिशनमा उभ्याएर महेन्द्र विरोधीहरू को छन् भन्ने कुरा पहिचान गर्नु थियो । यस प्रकारका बुद्धिजीवी, लेखक, प्राध्यापक, पत्रकारहरू बजारमा छ्यापछ्याप्ति छन् ।
प्रहरीमा जागिर खाने उग्र परिबर्तनकारी बनेर सूचनाको काम गर्ने रामबहादुर जिसी जस्तै घोसित अघोषित मिसन जासुसी सम्यन्त्रका ब्यक्तिको बारेमा हामी भ्रममा छैनौं । २०६१ सालमा प्रेम कैदीलाई प्रधानमन्त्री बनाए सबै समस्या, हलहुन्छ भनेर दरबारमा निवेदन पठाउने गोपाल किराँती हुन् । त्यो कुरा अहिले पनि रेकर्डमा छ । यस प्रकारका जातिबादिबारे पनि हामीलाई जानकारी छ प्रहरीको अनुसन्धान तर्फ जोडिएका यस्ता अराजकताबादी बुद्धिजीवी, प्राध्यापक, पत्रकार, लेखकको आवरणमा धेरै छन् । चाणक्यले भनेजस्तै खराब मानिसले आलोचना गरे सहि ठाउँमा छौ र प्रशन्सागरे गलत ठाउँमा छौ । यी ठग जासुस बुद्धिजीवी भन्नेहरूको आलोचनाले हामी ठिक ठाउँमा भएको प्रमाणीत गरिएकोमा आलोचकहरूलाइ धन्यवाद दिनै पर्दछ । इतिहास सय पचास बर्षको हुँदैन र बरालिएको भिडको आवाजमा लेखिएको इतिहास हुँदैन ।
नेपालको तत्कालिन राजा विरेन्द्रमार्ने देशीविदेशी सैन्य गिरोहले चलाएको कथित माओवादी हिंसामा वास्तविक कम्युनिस्ट मराउने जासुसहरू स्थापित गर्ने पाटोको यथार्थ घटना लेखिन बाँकिनै छ । बाबुराम स्थापित गर्न तत्कालीन समयमा बाबुरामको क्याम्पमा रहेका दिनानाथ शर्माले दिएको सूचना र बाबुरामकै योजनामा गोरखामा शुरेस वाग्ले मारिए । यानप्रसाद गौतमलाई यसरिनै मराए र गद्दार घोषणा गरे । यो पाटो लेखिन बाँकिनै छ । माओवादी हिंसा सेनाभित्रकै वीरेन्द्र मार्ने गिरोहले चलाएको हो भन्ने कुरा सैनिक जनरल कुमार फुदुङ सभासद, पूर्व अञ्चलाधिस सूर्यबहादुर सेनओली सभासद् र माओवादी आतंकवादमा संलग्न यामबहादुर अधिकारी सैनिक जनरल बन्नुबाट नै पुष्टि हुन्छ ।
उग्रवामपन्थी र अतिदक्षिणपन्थीहरूको गन्तव्य एउटै
उग्रवामपन्थी र अतिदक्षिणपन्थीहरू देख्दा बिपरित जस्तै देखिएपनि गन्तव्य एउटै हुन्छ । अहिले बिपरित जस्तै देखिने अभियन्ता दुर्गा प्रसाइको अभियान, पूर्वमा कोशी नामाकरण विरुद्ध युरो इसाई मिसनरिको छद्म आन्दोलन र काठमाडौंमा उतारिएका मिटरब्याजिहरूको आन्दोलन एउटै शक्ति केन्द्रका फरक मोडेल हुन् । २०४६ सालमा गणेशमान, किसुनजी, महेन्द्रनारायण निधिका अगाडि गिरिजाको हैसियत थिएन । गिरिजालाई कम्युनिस्ट बिरोधि देखाएर स्थापित गर्न मसाले र एमालेलाई क्रियाशिल गराइयो । जहाँ गिरिजा पुग्छन् कालो झण्डा र नाराबाजी गरियो । यहाँसम्मकी काँग्रेस भनेको गिरिजामात्रै जस्तो गराइयो । ०४८ को निर्वाचन बहिष्कार गरेर मसालको आधार इलाकामा काँग्रेस जिताइयो । कृष्णप्रसाद भट्टराई हराएर उनै गिरिजालाई प्रधानमन्त्री बनाउने बाताबरण बनाइयो ।
यस्तो षड्यन्त्र सामान्य जनता र स्वयं पार्टी कार्यकर्ताले पनि थाहा पाउने कुरा भएन । हिजो माओवादी र सेना बाहिर भिडन्त जस्तो देखिए पनि भित्र राजा बिरेन्द्रको हत्यागर्न सहयोगी भुमिका निभाएका तत्कालीन प्रधानसेनापती प्रज्वल शमसेर जबरा, सैनिक जनरल कुमार फुदुङ, राजदरबारका तत्कालिन सैनिक सचिव विवेककुमार शाहहरूको सहयोग थियो । फुदुङलाई माओवादीले सभासदनै बनायो २०५८ सालमा होलेरिमा माओवादीलाई सेनाले बचाएपछी गिरिजाले असहयोग गरेको भन्दै राजिनामा दिएका थिए र शेरबहादुर प्रधानमन्त्री बनेका थिए । इतिहास पुरानै रूपमा दोहोरिदैन नयाँ फेनामेनामा देखा पर्दछ । अहिले देखिएको कथित प्रायोजित आन्दोलन र अभियान पनि त्यस्तै हो । अहिले जति पनि उग्रवामपन्थी माओवादी र जातिबादी अराजकताबाद बिरेन्द्रमार्ने सैन्य हेडक्वाटरले चलाइरहेका छन् । अधिकाश अपवाद बाहेक माओवादी र जातिबादी युवा, बिद्यार्थी, पत्रकार, लेखक, कवि, प्राध्यापक उग्रउग्र कुरा गर्नेहरू सैन्यकेन्द्रका सिआइडिहरूछन । देख्दा फरक देखिए पनि उनीहरूको मिसन एउटैछ ।
कथित माओवादी बुद्धिजीवी भनेका पञ्चायत कालमा तत्कालीन अञ्चलाधिस सूर्यबहादुर सेन ओलिले सिआइडि बनाएकाहरूनै अहिले नेपाल प्रज्ञा प्रतिस्ठान, विश्वविधालय, र प्रगतिशील लेखक कलाकारको आवरणमा छन् । यसकारण उनलाई माओवादीले सभासद बनाएका थिए । कथित जनमुक्ति सेना भनेका राजा बिरेन्द्रको हत्याका समयका प्रधानसेनापति प्रज्वल शमसेर राणा र सैन्य जनरल कुमार फुदुङले सेनामा भर्ना गरेका अपराधी हत्यारा लुटेराहरू हुन् । यसकारण सैनिक जर्नेल कुमार फुदुङ माओवादी सभासद बने भने माओवादी लडाकु यामबहादुर अधिकारी जर्नेल । अहिले टेलिभिजन र मिडियामा भुक्ने भुक्न लगाउने पत्रकारहरू बिरेन्द्र मार्ने सैन्यकेन्द्रका जासुस हुन् । ए जनहत्यारा लुटन हिडेका ज्यानमारा अपराधी माओवादी हो कुमार फुदुङ, शेरबहादुर देउवा र सुर्य बहादुर सेन ओलिलाइ सोध माओवादी नाममा नेपाली जनता मराउने को हुन् ? शितयुद्धकालिन समयमा रोपिएको सिआइए मिसनको बामपन्थी आवरणको बनमारा झारनै अहिलेको माओवादीहो र यसको जरो नेकपा चौथो महाधिवेशन र नेकपा मसालहो ।
अब धेरै कुराहरू खुलासा भैसकेकाछन । माओवादी हिंसा बाह्यरूपमा जो जो शक्तिकेन्द्र जोडिए पनि आन्तरिक राजा बिरेन्द्रको हत्या गर्ने सैनिककेन्द्र नै हो । दाङ हमला पूर्व तत्कालीन प्रधानसेनापती प्रज्वल शमशेर राणालाई जानकारी भएर पनि आदेश नदिएको कुरा सैन्य जनरल चिनियाँबहादुर बस्नेतले आफ्नो पुस्तकमा खुलाएका छन् । बस्नेतको भनाइ राजा बिरेन्द्रको हत्याका समयका सेनापती प्रज्वल समसेर राणा निकट कुमार फुदुङलाई माओवादीले सभासद बनाएको घटनाले प्रमाणित गरिसकेको छ । सेना भित्रकै विरेन्द्रमार्ने गिरोहले २०५९ सालमा माओवादीलाई होलेरिमा बचाएको थियोे । तत्पश्चात सेनाले सहयोग नगरेपछि गिरिजाप्रसाद कोइरालाले राजिनामा दिएका थिए र शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए । देउवा काँग्रेस माओवादी मसाले आदि एउटैकेन्द्रका प्यादा हुन् जसको घाटी राजा बिरेन्द्रको हत्या गर्ने देशी–विदेशी शक्तिकेन्द्रसँग जोडिएकोछ । अहिले जो माओवादी बनेर पत्रकार, बुद्धिजीवी, प्राध्यापक, विद्यार्थी नेता बनेर चर्कोरूपमा देखिएकाछन यिनिहरू कहिँ न कहिँ सेनासँग जोडिएर काम गरिरहेका छन् । बिगतमा प्रज्वल, कुमार फुदुङ थिए भने अहिले माओवादी लडाकु यामबहादुर अधिकारीनै छन् । यसकारण तपाईंको गाउँ टोल छर छिमेकमा माओवादी र एकपटक माओवादी बनेर अहिले विभिन्न रूपमा फरक देखिएर रहेकाहरूदेखि साबधान रहनुहोला ।
अहिले कोहि रास्ट्रवाद, कोहि हिन्दू राजतन्त्र भन्दै अर्को कोणबाट देखिएका छन् तिनीहरूको नसो पनि विरेन्द्रमार्ने देशीविदेशी शक्तिकेन्द्रसँगै जोडिएकोछ केवल फरक भुमिकामा देखिएका मात्रै हुन् । चाहे बिगतमा माओवादी हिंसामा सामेल चर्चमण्डलिका अध्यक्ष केबि रोकाय हुन् या दुर्गा प्रसाइलागायत पूर्ब माओवादी । तपाईंको सूचना विरेन्द्रमार्ने देशी–विदेशी केन्द्रमा पुग्न सक्छ । किनभने अपराधीको जात, धर्म, पार्टी केही पनि हुँदैन अपराधी अपराधीनै हुन्छन् । सञ्चार मिडियादेखि विश्वविधालय सबैतर्फ घेराउ गरिएकोछ । विप्लब जस्तो सेनाको विरेन्द्र मार्नेकेन्द्र र रअले जुगाडमा राखेको शहर पसेको स्यालले अब धम्किको भासा बोल्दैमा कोही तर्संदैन । स्थानीय निर्वाचनमा एउटा वडा पनि जित्न नसकेपछि चन्दा उठाएर जिबिकोपार्जन गर्ने अपराधी समूहहो बिप्लबको गिरोह । माओवादी अपराधी हुन् र तिमीहरूका अपराध तिम्रै मालिकले ४७१ मुद्दा हेग पु¥याइसकेकोछ । अपराधको आफ्नै छायाँबाट तर्सिरहेका माओवादी नामक दैत्यहरू कुमार फुदुङबाट क्लास लेऊ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल