Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वीर अस्पतालमा कालो काँग्रेस आतंक !

काठमाण्डौ । नेपाल सरकारको लगानीमा संञ्चालीत वीर अस्पताल अहिले नेपाली काँग्रेसको आन्तरिक खिचतानीले विवादमा परेको छ । त्यहाँ कार्यरत कर्मचारी युनियनका नेताहरु बीचमा सम्मन्वय नहुँदा अस्पतालको गरिमा माथि समेत प्रहार भएको छ । पाँच वर्षसम्म मेडिकल स्टोरमा बसेर कमाएका राजकुमार तिवारी हुन् वा कर्मचारी नेता दिपक मुडवरी किन नहुनु ? उनीहरुको लडाँइले यतिखेर सम्मन्वय साखामा रहेका टिकाराम पनेरु स्टोरमा पुगेका छन् भने नेपाल स्वास्थ्य संघका इकाइ अध्यक्ष खुमराज आर्चाय मेडिकल बोर्डबाट सामान खरिद गरि कुम्ल्याउने बहादुर थिए । बिजय देउजा स्वास्थ्य कर्मि संघ एकाई उपाध्यक्ष हुँदा राम्रै कमाई गरेका काँग्रेस हुन् ।

वीर अस्पतालमा काँग्रेस भएपछि कानूनी कारबाही हुदैन भन्ने प्रमाण निर्देशक भूपेन्द्र बस्नेतले जागिर निलम्बन नगरेका मुडवरीहरु धेरै छन् । जसले कर्मचारी नियुक्तिमा दबाब दिए मादक पदार्थ सेवन गर्नु सामान्य ठाने आफ्ना विरोधीहरुका विरुद्ध समाचार छपाएर धम्काए । एमडी र एमएसमा नाम निकालिदिन्छु भनेर विद्यार्थीहरुसँग रु ६० लाख खाएर जेल बस्दा पनि अहिले अस्पतालभित्र दादागिरी गरिरहेका छन् । यो पेलाइमा काँग्रेसका टिकाराम र विजय देउजाहरु मात्र होइन स्वास्थ्य कर्मी संघका इकाई अध्यक्ष समेत परेका छन् । हिजो अकूत सम्पत्ति कमाएका राजकुमार तिवारीको मुद्दा अख्तियारमा पेन्डिङमा परेको छ भने राजनीतिक प्रभावमा यसपटक तीनै मान्छे ल्याब स्टोर सरुवा भएका छन् । उनी त्यहाँ जाने वित्तिकै ०.८० मा टेन्दर गर्दा BLOOd/COLLECTION/ TISSUE  व्यापारीलाई दिन सक्दिन भन्न लगाई रु ८ मा कोटेशनमा खरिद गराई कुम्ल्याएका बहादुर हुन् ।

नेपाली काँग्रेसको महाधिवेशनमा कार्यकारी प्रमुखको नाम भजाइ रकम असुल्नु त वीर अस्पतालका काँग्रेस कर्मचारीहरुको दैनिकी बनेको छ । उपसचिव भूपेन्द्र बस्नेतले यस्ता कर्मचारीहरुको दबदबामा कसरी अस्पतालको व्यवस्थापन राम्रा गर्छन् त्यसका छानवीन कसले गर्छ यतिखेर विवाद बढिरहेको छ । यो विवाद बढ्नुको कारण काँग्रेसको कर्मचारी संघका नेता र चल्तीफूर्ति देखाएर कमाउने कर्मचारीहरुको लडाँइ प्रमुख रहेको छ । हेर्याै फलाम काट्ने फलाम हुन्छ दल एउटै भएपनि खाने मामिलामा कर्मचारीहरु बीच भएको यो झगडाको पर्दाफास गर्न को कति सफल हुन्छ सोचनिय विषय बन्दै छ ।


सम्बन्धित समाचार