Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वैदेशिक रोजगारीको नाममा करोडौं ठगेर फरार सिंह परे फन्दामा

काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ६६ जनाबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एनएन मेरिटाइम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक त्रिलोक सिंहलाई कास्कीबाट पक्राउ गरेको हो। डम्बर देउवा लगायतका पीडितहरूले दिएको जाहेरीका आधारमा सिंहविरुद्ध वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा दायर भएको थियो। मुद्दा चलेपछि फरार रहेका सिंह कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित डाँडाकोनामा लुकीछिपी बसेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय, शिशुवा, कास्कीसँगको समन्वयमा साउन २८ गते सिंहलाई पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका २९ वर्षीय सिंहको स्थायी ठेगाना बझाङ जिल्ला, बङ्गल नगरपालिका वडा नं‍ ६ भए पनि हाल उनी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १ मा बस्दै आएका थिए। प्रहरीले उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँमा बुझाएको छ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल