Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वैशाख ७ देखि कोरोनाको दोस्रो मात्रा, ४ लाख ३८ हजारलाई लगाइने

काठमाडौं । कोरोनाविरुद्धको दोस्रो मात्रा खोप वैशाख ७ देखि लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोख्रेलले वैशाख ७–११ सम्म दोस्रो मात्रा खोप दिने गरी तयारी भइरहेको बताए । माघ १४ देखि सुरु पहिलो चरणको खोप अभियानमा सामेल ४ लाख ३८ हजार ८ सय ७९ जनालाई दोस्रो मात्रा दिइन लागिएको हो । पहिलो चरणमा स्वास्थ्यकर्मी, कर्मचारीलगायतले ‘कोभिसिल्ड’ खोप लगाएका थिए । फागुन २३ देखि खोप लगाएका १२ लाख ३४ हजार ३ सय ४८ जनालाई जेठको अन्तिम वा असारको पहिलो सातादेखि दोस्रो मात्रा खोप लगाउने तयारी रहेको डा। पोख्रेलले जनाए । उनका अनुसार हाल ५ लाख कोभिसिल्ड खोप मौज्दात छ ।


सम्बन्धित समाचार